सभामुख कप महिला भलिबल : फाइनल प्रवेशका लागि एपीएफ र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्ने

पोखरा–पोखरामा जारि दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अन्तरर्गत आज (शुक्रबार) सेमिफाइनल चरणका खेलहरु हुने भएका छन् ।

आज हुने पहिलो खेलमा बिभागिय क्लब एपीएफले गण्डकी प्रदेशसंग प्रस्तिस्पर्धा गर्ने भएको छ । यो खेल बिहान ११ बजेबाट शुरु हुने छ ।

आजको खेलमा जित निकाल्दै घरेलु टोली आफ्नो फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ । उता प्रतियोगितामा हाल सम्म अपराजित भएको एपीएफ आजको खेलमा जित निकाल्दै उपाधि होडमा बलियो बन्ने योजनामा हुनेछ ।

आजनै हुने दोस्रो खेलमा बिभागिय टोली नेपाल पुलिसले प्रदेश नम्बर ३ को सामना गर्ने भएको छ । दिउसो १ः०० बजे बाट शुरु हुने खेलमा दुबै टोलीको लक्ष्य जित हुनेछ । यो दुबै टोली हाल सम्म अपराजित टोली हुन् ।

बिहीबार भएको क्वाटरफाइनल खेलमा विभागीय क्लब एपीएफले त्रिभुवन आर्मीलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियोे । त्यस्तै

गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई, प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई र नेपाल पुलिस क्लबले प्रदेश नम्बर दुईलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

२०७५ माघ ४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment