नेपाल थाईल्यान्ड वुमेन्स टि-२० को फाइनलमा

काठमाडौँ – इन्डवनेसियालाई पहिलो सेमिफाइनल खेलमा ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल ‘थाईल्याण्ड टि-२० स्म्यास’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टेर्ड थाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले बनाएको ११९ रनको जवाफमा ब्याटिंग गरेको इन्डोनेसियाले २७ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो।

नेपालको जितमा ब्याटिंगमा सिता राना मागरले ४८ रन प्रहार गरिन् भने इन्दु बर्माले अविजित ३७ रन बनाईन्। यस्तै बलिङ्गमा कप्तान रुबिना क्षेत्रीले ३ विकेट ( ३-२-२-३ ) हात पारिन् भने कविता कुँवर, नेरी थापा, सिता राना मगर र सरिता मंगरले समान १/१ विकेट लिए।

नेपालले शनिवार खेलिने फाइनल खेलमा दोश्रो सेमिफाइनलमा आयोजक थाईल्याण्ड र युएई बीचको विजेतासंग खेल्ने छ।

 

Nepal Womens Cricket Team
Nepal Womens Cricket Team

२०७५ माघ ४, शुक्रबार मा प्रकाशित