न्यू डायमण्ड क्लबले ढोरपाटन महिला भलिबल लिग नखेल्ने

काठमाडौँ – न्यू डायमण्ड क्लबले १४ औँ ढोरपाटन महिला भलिबल लिग नखेल्ने भएको छ ।

क्लबका खेलाडी माल्बिका आचार्य, रश्मीता दुरा र प्रतिक्षा गुरुङ जस्ता खेलाडीहरु कक्षा १० मा पढ्दै गरेको र उनीहरुको परिक्षामा अवरोध पुग्ने भएकोले लिग नखेल्ने भएको प्रशिक्षक कुमार राईले बताए ।

प्रतियोगितालाई आयोजकले १० दिनको बनाएमा भने न्यू डायमण्डले सहभागिता जनाउने भएको छ ।

प्रशिक्षक राईले भने, ‘हाम्रो खेलाडीहरुको पढाइमा अवरोध पुग्ने भएकाले प्रतियोगितामा भाग नलिने भएको हो अन्यथा हामीले सहभागिता जनाउने थियौँ ।’

आयोजकले हाम्रो समस्यालाई मध्यनजर गर्दै समय छोट्याएमा भने खेल्ने उनले बताए ।

२०७५ माघ ४, शुक्रबार मा प्रकाशित

Leave a Comment