एपीएफकी पुरानो खेलाडी नेबिका

पोखरा– बिभागिय टोली सशस्त्र प्रहरिको एपीएफ । एपीएफबाट नै चर्चामा आउने महिला भलिबलको महिला भलिबल टिम २०६७ सालमा स्थापना भएको हो ।

एपीएफको शुरुवाती क्षण देखीनै भलिबलमा लागिरहेकी खेलाडी हुन् नेबिका चौधरी । धनगढीमा जन्मिएकि नेबिका नेपाली महिला भलिबल खेलाडी मध्यको एक परिचित नाम हो ।

सुदुर पश्चिमबाट भलिबल खेल्ने उनको उत्कृष्ट प्रदर्शन देखेर एपीएफ क्लबले उनि लगायत केहि खेलाडीको जमात बनाएर महिला भलिबलको शुरुवात भयो । एपीएफको महिला भलिबल स्थापना गर्नमा उनको ठुलो योगदान छ ।

पारिवारमा नै भलिबल मय वातावरण भएपनि उनलाई भलिबलले लोभाएको हो । नेबिकाको बुबा बिष्नु चौधरी पनि भलिबलका राम्रो खेलाडी हुन् । नेबिकाले २०६२ साल देखीनै भलिबल करियरको शुरुवात गरिन ।

लगातारको मेहेनतले उनलाई सफता पनि प्रदान गर्याे । उनि बिधागत खेलहरुमा धेरै पटक उत्कृष्ट खेलाडीको सुचिमा पनि अटाउन सफल भईन ।

नेबिकाको विवाह भइसकेको छ । विवाह पछि पनि उनको खेलमा भने केहि थप घट भएन् । अझ उनको खेलमा थप जोस र जागर भरिदै आयो । विवाह पछि पनि खेलकुद क्षेत्रमा निरन्तरता दिन सकिन्छ भन्ने कुराको गतिलो उदारण पनि हुन् उनि ।

Image may contain: Nebika Chaudhary, standing

हाल एपीएफमा सबै भन्दा पुरानो खेलाडी नै उनि हुन् । उनले भलिबलका बिभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पटक आफ्नो स्थान बनाइसकेकि छन् ।

एपीएफबाट भलिब खेल्ने उनि आफ्नो भलिबल करियर उएपीएफबाट नै अन्त्य गर्ने योजनामा छन् ।

यतिबेला नेबिका पोखरा रंगशालामा जारि भामुख कप महिला भलिबल खेलीरहेकिछन् । उनि सहभागि क्लब एपीएफले आज फाइनल खेलमा नेपाल पुलिससंग खेल्ने छ ।

२०७५ माघ ५, शनिबार मा प्रकाशित

Leave a Comment