सभामुख कपको उपाधि एपीएफलाई

पोखरा–दोस्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।

पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा एपीएफ ३–१ ले विजयी बनेको हो । उपाधिसंगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजे नेपाल पुलिसले २ लाख रुपैयाँमा चित्त बुझायो ।

उपाधि भिडन्तमा ३–१ सेटमा जित निकाल्दै एपीएफ च्याम्पियन बनेको हो । निकैनै रोमाञ्चक बनेको खेलमा एपीएफले उत्कृष्ट प्रदर्शन गर्दै यस बर्षको सातौँ उपाधि हात पार्न सफल भएको हो ।

यस अधि एपीएफले न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल कपको उपाधि जितेको थियो । एपीएफले पहिलो सेट २५–८ मा जितेको थियो । दोस्रो सेटमा भने नेपाल पुलिस एपीएफ माथि हाबि भएको थियो । पुलिसले दोस्रो सेट २५–१८ ले जित्दै उत्कृष्ट कम ब्याक गरेको थियो । एपीएफले पुलिसको अग्रतालाई तेस्रो सेटमा कायम हुन दिएन ।

एपीएफले तेस्रो सेट २५–१७ र अन्तिम तथा चौथो सेट पनि २५–१७ ले जित निकालेको थियो । यता नेपाल पुलिसले दोस्रो स्थानमा चित्त बुझायो ।

बिधागत तर्फको पुरस्कार :

एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडी घाषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गरिन । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् ।

नेपाल पुलिसकी सान्ति तामाङ उत्कृष्ट डिफेन्डर घोषित भईन । त्यस्तै गण्डकी प्रदेशकी करुणा शाहि उत्कृष्ट सर्भर घोषित भईन ।
एपीएफकी हिरा केसी उत्कृष्ट ब्लगर भईन भने ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।

विधागततर्फको उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रदेश नम्बर ३ तेस्रो

प्रतियोगितामा आज तेस्रो स्थानका लगि भएको खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ३–१ ले हराउदै तेस्रो स्थान हात पारेको छ । प्रदेश नम्बर ३ ले पहिलो सेट २५–१४ मा जित निकालेको थियो । त्यस्तै दोस्रो सेटमा भने गण्डकी प्रदेशले जित निकाल्न सफल भयो । गण्डकीले २५–२० मा दोस्रो सेट जितेको हो ।

त्यस्तै तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश ३ ले २५–१४ ले जित हात पारेको थियो । अन्तिम सेट पनि २५–१७ को जित निकाल्दै तेस्रो स्थान हात पारेको हो ।

लिग कम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा १० टोली सहभागि थिए । ३ विभागिय सहित ७ प्रदेशले सहभागिता जनाएका थिए ।

२०७५ माघ ५, शनिबार मा प्रकाशित

Leave a Comment