२१ लाख नगद पुरस्कारको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि पुलिसलाई

नेपाल पुलिस क्लबले तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले स्टारलाई १–० ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे। खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

यस जितसँगै पुलिसले २१ लाख नगद प्राप्त गरेको छ। एप विजेता थ्री स्टारले भने १० लाखमा चित्त बुझायो। खेलमा निर्णायक गोल गरेका अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

Ravi Paswan
Ravi Paswan

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमाएको छ। उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए। उत्कृष्ट मिडफिल्डर थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिमद ११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए।

प्रतियोगिता अवाधिबभर ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। सर्वोत्कृष्ट खेलाडी बनेका पुलिसका रवी पासवानले १ सय ५० सिसिको मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ सबै विजेताले १५–१५ हजार नगद पाए। प्रतियोगिताको समापन काग्रेस नेतृ आरजु राना देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति रहेको थियो।

२०७५ माघ ५, शनिबार मा प्रकाशित