यूएई भ्रमणका लागि नेपाली टोलीको घोषणा, चार नयाँ अनुहार, शरदले नाम फिर्ता लिए

काठमाडौं – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

आइतबार घोषणा भएको टोलीमा ४ नयाँ अनुहार पनि परेका छन् । भिम सार्की पवन सराफ र सन्दीप जोरा,अभिनाश बोहोरालाई पहिलो पटक टोलीमा परेका हुन् ।

एकै पटक चार नयाँ खेलाडी टोलीमा आटाउदा नेपाली टोलीका सदस्य शरद भेषावकरले भने अफ्नो नाम फिर्ता लिएका छन् । शरद अस्वस्थ भएको र उनलाई ४ साताको आराम लिनुपर्ने भएकाले उनलेे नाम फिर्ता लिएका हुन ।

१६ सदस्य नेपाली टोली

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उप-कप्तान)

अभिनाश बोहोरा

वसन्त रेग्मी

विनोद भण्डारी

दिपेन्द्रसिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

आरिफ शेख

पवन सर्राफ

प्रदिप ऐरी

रोहित कुमार पौडेल

सन्दिप लामिछाने

सोमपाल कामी

सन्दिप जोरा

भिम सार्की

बैकल्पीक खेलाडी
सुशन भारी
विक्रम सोव
ललित भण्डारी

२०७५ माघ ६, आईतवार मा प्रकाशित