टाइम्स र ह्वाइटहाउस क्वाटरफाइनलमा

काठमाडौं-टाइम्स र ह्वाइटहाउस १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले ट्रिनिटीलाई ४७–३८ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो । टाइम्सको जितमा जसमान तामाङले १५ अंक योगदान गरे । ट्रिनिटी पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

नयन बमजनको १७ अंक सहयोगमा ह्वाइटहाउसले ग्रिनफिल्डलाई ५५–२५ ले हरायो । जितसंगै ह्वाइटहाउस समूह ‘सी’ को उपविजेता बन्यो । यो समूहबाट आयोजक ज्ञान निकेतन विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।

समूह ‘डि’ को लिग खेलमा इन्साइट भिजनले बर्न हार्टमाथि ४५–४२ को कठिन जित दर्ता ग¥यो । विजयी टिमका लागि देव दवाडीले २४ स्कोर गरे ।

२०७५ माघ ६, आईतवार मा प्रकाशित