बार्सिलोनाको शीर्ष स्थानको यात्रा कायम

एजेन्सी- बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष स्थानको यात्रा कायम राखेको छ । आइतबार राती भएको खेलमा बार्साले लेगानेसलाई ३–१ गोल अन्ततरले हराउदै आफ्नो शीर्ष स्थानको यात्रा कायम राखेको हो ।

बार्सिलोनालाइ जीत दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले एक-एक गोल गरे ।

जीतसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ ।

ओश्मान डेम्बेलेको पहिलो हाफको ३० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको एक घण्टापछि बेन्चमा रहेका मेस्सी मैदान प्रवेश गरे ।

७१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरी अग्रता दिलाए । इन्ज्युरी समयमा मेस्सीले पनि गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो ।

बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । लेगानेस भने २२ अंकसहित १४ औं स्थानमा छ ।

२०७५ माघ ७, सोमबार मा प्रकाशित