पारसको कप्तानिमा १६ सदस्य नेपाली राष्ट्रिय क्रिकेट टोली आज यूएई जादै

काठमाडौं – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज यूएई तर्फ प्रस्थान गर्ने को भएको छ ।

नेपाली टोली आज अपरान्ह ४:३० बजे युएई प्रस्थान गर्ने छ। यूएई सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदसीय नेपाली टोली प्रस्थान गर्ने छ ।

युएईसंगको खेलका लागि पहिलो पटक टोलीमा ४ नयाँ अनुहार परेकोले नेपाली टोलीमा केही नाया आशा पनि लिएको छ ।

भिम सार्की पवन सराफ र सन्दीप जोरा,अभिनाश बोहोरालाई पहिलो पटक टोलीमा परेका हुन् ।

एकै पटक चार नयाँ खेलाडी टोलीमा आटाउदा नेपाली टोलीका सदस्य शरद भेषावकरले भने अफ्नो नाम फिर्ता लिएका थिए । शरद अस्वस्थ भएको र उनलाई ४ साताको आराम लिनुपर्ने भएकाले उनले नाम फिर्ता लिएका हुन ।

१६ सदस्य नेपाली टोली

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उप-कप्तान)

अभिनाश बोहोरा

वसन्त रेग्मी

विनोद भण्डारी

दिपेन्द्रसिंह ऐरी

करण केसी

ललित नारायण राजवंशी

आरिफ शेख

पवन सर्राफ

प्रदिप ऐरी

रोहित कुमार पौडेल

सन्दिप लामिछाने

सोमपाल कामी

सन्दिप जोरा

भिम सार्की

बैकल्पीक खेलाडी
सुशन भारी
विक्रम सोव
ललित भण्डारी

२०७५ माघ ८, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment