नेपाली क्रिकेट टोली युएई प्रस्थान

काठमाडौं – संयुक्त अरब एमिरेट्स(यूएई)सँग हुने समान ३ वान डे र टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई प्रस्थान गरेको छ ।

नेपाली टोली भर्खर युएई तर्फ लागेको छ । युएई जानु अघि नेपाली क्रिकेट टिमलाई राष्ट्रिय खेलकुदका सदस्य सचिव केशव कुमार विष्टले विदाई गरे ।

अपरान्ह ४:३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गरेको हो ।  त्यस्तै पारस खड्काले सिरीज जित्नको लाागि तयाारी  भएको र  जित्नु नै मुुुख्य लक्ष्य भएको  उनलेे बताए ।

प्रशिक्षक जगत टमटाले युवा खेलाडीले गर्दा आगमनले नेपाली क्रिकेट टोली निकै सन्तुलन रहेको बताए ।

नेपाली टोली :
पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी,आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने, सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।

नेपाल र युएईबीचको खेल
२५ जनवरी, शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी, शनिबार – दोस्रो ओडीआई
२८ जनवरी, सोमबार – तेस्रो ओडीआई
३१ जनवरी, बिहीबार – पहिलो टि ट्वान्टी आई
१ फेब्रुअरी, शुक्रबार – दोस्रो टि ट्वान्टी आई
३ फेब्रुअरी, आइतबार – तेस्रो टि ट्वान्टी

२०७५ माघ ८, मंगलवार मा प्रकाशित

Leave a Comment