ढोरपाटन महिला डबल भलिबल लिग : विभागिय टोली अग्रस्थानमा 

काठमाडौं– ढोरपाटन महिला डबल लिग भलिबलमा तीनवटै विभागिय टोली विजयी भएका छन् । मंगलबार आयोजक ढोरपाटन भलिबल क्लबको मैदानम भएको खेलमा एपिएफ, नेपाल पुलीस क्लब र आर्मी विजयी भएका हुन् ।

मंगलबारको पहिलो खेलमा विभागीय टोली एपिएफले सेवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो २५–८ को फराकिलो अन्तरले पराजित गरेको एपिएफले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्दै विजयी भयो ।

मंगलबार नै भएको दोस्रो खेलमा अर्को विभापगय टोली नेपाल पुलिसले श्रीगाँउ दाङलाई ३–० को सोझो सेटमा नै पराजित गर्यो । पुलिसले तीनवटै सेटमा दाङलाई निकै नै फराकिलो अन्तरले पराजित गर्यो ।

पहिलो सेट २५–८ ले पराजित गर्दा दोस्रो २५–९ र तेस्रो सेटमा २५–८ ले पराजित गर्यो । मंगलबार नै भएको तेस्रो खेलमा एपीएफले आफ्नो दोस्रोखेलमा थाहा नगरपालिका २५–७, २५–११ र २५–१२ को सोझो सेटमा परासजत गर्यो । त्यस्तै आजको चौथो खेलमा आर्मीले सेव क्लबलाई ३१–२९, २५–१९ र २५–२० को सोटमा पराजित गर्यो ।

यससँगै मंगलबार भएका चार वटै खेलमा विभागिय टोली विजयी भएका हुन्

२०७५ माघ ८, मंगलवार मा प्रकाशित