मेस्सीले सेभियाविरुद्धको खेल नखेल्ने

ऐजेन्सी–बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बुधबार राति हुने सेभियाविरुद्धको क्वाटरफाइनल खेल नखेल्ने भएका छन् ।

बार्सिलोनाले आज राति कोपा डेल रे अन्तरगत सेभिया बिरुद्ध क्वाटरफाइनल खेल खेल्दैछ ।

सेभियाको घरेलु मैदानमा हुने खेल नेपाली समय अुनुशार राति २ः१५ बजेबाट शुरु हुनेछ । क्लबका कप्तान मेस्सी प्लेइङ ११ मा नपर्दा भर्खरै मात्र बार्सिलोनामा अनुबन्धन भएका केभिन प्रिन्स बोयटेंग भने परेका छन् ।

उसोत मेस्सी आईतबार भएको ला लिगा अन्तरगत लिगानेस बिरुद्धको खेलमा पनि प्लेइङ ११ मा परेका थिएनन् । उक्त खेलमा मेस्सी ६४ औँ मिनेटमा मैदान मित्र प्रवेश गरेका थिए ।

मेस्सीले लुई स्वारेजको गोलमा सहयोग गर्दै उनले पनि उक्त खेलमा १ गोल गरेका थिए । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भेडेले भने लगातारको खेलले गर्दा मेस्सीलाई केहि साता आराम दिएको बताए । ‘मेस्सीलाई केहि समय आरामको आवश्यक्ता छ, उनले च्याम्पियन्स लिगको लागि पनि तयार गर्नु पर्ने भएकोले मेस्सीलाई आराम दिएको हो ।’

२०७५ माघ ९, बुधबार मा प्रकाशित