डीपीएल टी-२० क्रिकेटलाई आइसिसीको मान्यता

काठमाडौं-धनगढी प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ । यहि माघ २६ गतेबाट धनगढीमा सञ्चालन हुने डीपीएलका लागि आईसीसीले मान्यता दिएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई विश्व क्रिकेटको सर्वोच्चो निकाय आइसिसीले मान्यता दिएको जनाएको हो ।

एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ ।

देशकै पहिलो खेलाडी बोलकबोल ९अक्सन० गराउँदै नेपाली क्रिकेटलाई व्यवसायिक बनाएको डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउनपनि आइसिसीको मान्यता आवश्यक पर्छ ।

प्रतियोगितामा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन् ।

२०७५ माघ ९, बुधबार मा प्रकाशित

Leave a Comment