मदन भण्डारी गोल्डकपको उद्घाटन खेलमा दाफिन्स र झापा भिड्ने

काठमाडौँ-मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ ।

यही माघ १२ देखि १९ गतेसम्म सुनसरीको इटहरीमा आयोजना हुने छ । प्रतियोगिताअन्तर्गत १३ गते मनाङ मस्र्याङ्दी क्लब र राष्ट्रिय जागृति क्लब, इटहरी बीच खेल हुनेछ ।

१४ गते त्रिभुवन आर्मी क्लब र थ्रीस्टार तथा १५ गते नेपाल पुृलिस क्लब र भूटान सिएफसीबीच खेल हुनेछ ।

खेल तालिका अनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । अघिल्लो संस्करणको उपविजेता मनाङ मस्र्याङ्दी क्लब भने सहज समूहमा परेको छ । मनाङले आफ्नो पहिलो खेलमा राष्ट्रिय जागृति क्लबकको सामना गर्नेछ ।

प्रतियोगितामा दुई विदेशीसहित आठ टोलीको सहभागिता रहेको छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा क्यामरुनको दाफिन्स फुटबल टिम, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, आर्मी र थ्री स्टार रहेका छन् । समूह ‘बी’ मा मनाङ, राष्ट्रिय जागृति क्लब, नेपाल पुलिस क्लब र भुटान सिएफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले रु १६ लाख प्राप्त गर्नेछ । गत वर्ष थ्री स्टारले मनाङलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

२०७५ माघ ९, बुधबार मा प्रकाशित

Leave a Comment