मेस्सी नखेलेको खेलमा बार्सिलोना सेभियासँग पराजित

एजेन्सी-   मेस्सी नखेलेको खेलमा बार्सिलोना सेभियासँग पराजित भएको छ ।  बुधबार राति भएको स्पेनिस कोपा डेल रे फुटबलको पहिलो क्वाटरफाईनल लिगमा बार्सिलोना सेभियासँग पराजित भएको छ ।

नियमीत कप्तान लियोनल मेस्सी विना मैदान उत्रेको बार्सिलोना घरेलु टोलीसँग २-० ले पराजित भएको हो ।

बर्सिलोना पराजित गर्नका लागि सेभियाका पाब्लो साराविया र विसाम विन यडरले एक एक गोल गरे । यस खेलमा बार्सिलोना आफ्ना मुख्य तीन खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिप्पे कौटिन्होविना नै मैदान उत्रिएको थियो ।

खेल अवधिभर बार्सिलोनाले खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न भने सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सेभियाले दुई गोल गरेको थियो ।

खेलको ५८औं मिनेटमा पाब्लोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६औं मिनेटमा विसाम विनले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए ।

बेन्चमा रहेका लुइस स्वारेज र फिलिप्पे कौटिन्होलाई दोस्रो हाफमा मैदानमा पठाएपनि टोलीको हार टार्न सकेनन् । जितसँगै सेभिया कोपा डेल रेको सेमिफाइनल नजिक पुगेको छ ।

२०७५ माघ १०, बिहीबार मा प्रकाशित

Leave a Comment