अग्युरोको गोलमा सिटी काराबाओ कपको फाइनलमा

एजेन्सी- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा बुर्टोन

अल्बियनलाई १-० गोल अन्तरले पराजित गर्दै कराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ९-० को फराकिलो जित नकालेको सिटीले दोस्रो लिगमा १-० को जित सहित समग्रमा १०-० ले विजयी भएको हो । घरेलु टोलीलाई पराजित गर्न सिटीका लागि खेलको एक मात्र निर्णायक गोल सर्जियो अग्युरोले गरेका थिए ।

उनले खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीको जित शुनिश्चित गरेका थिए । त्यस पछि दुबै टोली बाट कुनै पनि गोल हुन सकेन ।

अब सिटीले फाइनल खेलमा चेल्सी र टोटेनहमबीचको विजेता टोलीसँग खेल्ने छ । दुई टोलीबीचको पहिलो लेगमा टोटेनहम १-० ले अघि छ ।

२०७५ माघ १०, बिहीबार मा प्रकाशित

Leave a Comment