सम्भावना बोकेको दृष्टिविहीन महिला क्रिकेट टोलीको बिदाई

काठमाडौं–सम्भावना बोकेको दृष्टिविहीन महिला क्रिकेट टोलीको आज बिदाई गरिएको छ । पाकिस्तानबिरुद्ध ट्वान्टी–२० अन्तराष्ट्रिय क्रिकट शृंखला खेल्न जाने नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई बिहीबार बिदाई गरिएको हो ।

नेपालली महिला दृष्टिविहीन टोलीले पाकिस्तानका विभिन्न तीन शहरमा पाँच ट्वान्टी–२० अन्तर्रा्ष्ट्रिय शृंखला खेल्नेछ । माघ १५ गते लाहोरमा पहिलो खेल्नेछ भने फैसलाबादमा १७ र १८ गते दुई खेल खेल्नेछ । चौथो खेल २० गते र पाँचौ खेल २१ स्लामाबादमा खेल्नेछ ।

बिदाई पछि बोल्दै कप्तान भगवती भट्राई बरालले पाकिस्तान भन्दा नेपाल बलियो भएका ले नेपालले यो खेल कुनै पनि हालतमा राम्रो गर्ने बताईन ।

अन्तरष्ट्रय मैदानमा जितका लागि आतुर रहेको बताइन् । भगवतीले अभ्यासका लागि प्रयाप्त समय पाएकाले सबै पक्षमा सुधार गरेको बताइन् । प्रशिक्षक रिजन प्रजुले लामो समयको तयारीले टोली परिपक्क भएको बताए । पाकिस्तानका विभिन्न शहरमा चार खेल खेल्न नेपाली टोली शनिबार पाकिस्तान प्रस्थान गर्नेछ ।

नेपाली टोली

भगवती भट्टराईको कप्तानीमा रहेको नेपाली महिला टोलीमा मनकेसी चौधरी, आशा रेग्मी, गिता पौडेल, आशिका डगौरा, हिता गुरुङ, रितादेबी थापा, सुस्मा तामाङ, ज्योती केसी, भगवती अमगाई, मुना बराल, सरिता घिमिरे, बिमला राई, बिनिता पुन, सरिता घिमिरे छन् ।

२०७५ माघ १०, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment