नेपालको कमजोर ब्याटिङ, एक दिवसिय क्रिकेटको इतिहासकै कम योगफलमा समेटियो

युएईमा जारि एक दिवसिय क्रिकेटको पहिलो दिन नेपालले खराव शुरुवात गरेको छ । युएईसंगको पहिलो सिरीजमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३४ दशमलव ५ ओभरमा अल आउट हुदै मात्र ११३ को सस्तो योगफल दिएको थियो ।

यो योगफल नेपालले हाल सम्म खेलेको एकदिवसिय क्रिकेटको सबैभन्दा कम योगफल हो । नेपालका लागि उप–कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका थिए । ओपनिङमा गएका ज्ञानेन्द्रर बिनोदको साझेदारी धेरै टिकेन ।

ज्ञानेन्द्र पहिलो ओभर पुरा खेल्न नपाउदै शुन्य रनमा आउट भए । उनले मात्र ४ बल खेलेका थिए । त्यस्तै उनिसंगै ओपनिङमा गएका बिनोद भण्डारीले १४ बल खेलेर १ चौका सहित ५ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामिले सर्बाधिक ३० रनको योगदान गरे । उनले ४७ बलमा ३ चौका प्रहार गर्दै ३० रन बनाउन सफल भएका हुन् । त्यस्तै कप्तान पारस खड्का २० रनमा समेटीए । परसले ३६ बलमा ४ चौका सहित २० रन बनाएका थिए ।

त्यस्तै पारस पछि ब्याटिङमा गएका नेपालका भरपर्दा ब्याट्म्यान दिपेन्द्र ऐरी पनि आजको खेलमा आफ्नो खेल पस्कन सकेनन् । उनि रन आउट भए । नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका युवा खेलाडी पवन सराफले पनि राम्रो खेल पस्कन सकेनन् ।

उनले ३ बल खेल्दै मात्र ४ रन बनाए । यस्तै करन केसीले ३ रन बनाउदा बसन्त रेग्मीले भने रन बनाउन सकेनन् । आजको खेलमा भने नेपाली युवा स्पिनर सन्दिप लामिछाने र आरिफ सेखले राम्रो साझेदारी गरे २५ दशमलव ५ रनमा ब्याटिङ गर्न आएका उनले २५ रनको साझेदारी गरेका हुन् ।

आरिफ ४३ बलमा ४ चौका सहित २५ रन बनाउदै २९ दशमलव ६ ओभरमा आउट भएका थिए । त्यस्तै युवा स्पिनर सन्दिप लामिछानेले नेपालका लागि १४ रनको योगदान गरे ।

उता युएईको तर्फबाट मोहमद नबिदले सर्बाधिक ३ विकेट लिए । त्यस्तै अमिर हायात ३ र इमरान हाइदरले समान २ विकेट लिए ।

२०७५ माघ ११, शुक्रबार मा प्रकाशित

Leave a Comment