भारतमा हुने प्रतियोगिताका लागि २३ सदस्य महिला फुटबल टोली सार्वजानिक

काठमाण्डौ–भारतको भुवनेश्वरमा आगामि ७ फेब्रवरी देखि १७ सम्म हुने राष्ट्रिय प्रतियोगिताका लागि २३ सदस्य नेपाली महिला टोलीको नाम रार्वजानिक गरिएको छ ।

केहि समय यता बन्द सत्रमा रहेका ३० सदस्य महिला टोलीबाट २३ सदस्य टोलीको नाम सार्वजानिक गरिएको हो । एन्फाले कप्तान निरु थापा सहित २३ जना खेलाडीको नाम सार्वजानिक गरेको हो ।

प्रतियोगितामा आयोजक भारत सहित म्यानमार, श्रीलंका र नेपालको सहभागिता रहेने छ । भारतमा हुने यस प्रतियोगितमा आउदै गरेको साफ च्याम्पियनसिपमा पनि ठुलो योगदान पुग्ने प्रशिक्षक हरि खड्काले जानकारी दिए ।

नेपाली टोली

गोलकिपरः एन्जिला तेम्वाप्पो सुब्वा , अन्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु

मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी,

स्ट्राइकरः अनु लामा, रेखा पौडेल , निरु थापा, सावित्रा भण्डारी, अनिता के सी

२०७५ माघ ११, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment