पहिलो ओडीआई : नेपाल युएईसंग ३ विकेटले पराजित

एकदिवसीयको सिरिजमा नेपाली युएईसंग ३ विकेटले पराजित भएको छ । एकदिवसिय सिरिज अन्तरगत भएको पहिलो दिनको खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै युएईले ३ एकदिवसीयको सिरिजमा १-० को अग्रता लिएको छ।

दुबई स्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले ११३ रन मात्रै बनाउन सकेपछि ११४ रनको लक्ष्य घरेलु टिमले ७ विकेट गुमाएर पुरा गर्यो।

खेलमा युएईले टस जितेर पहिले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले ११३ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। नेपालको लागि ओपनिङ्ग ब्याटिंग गरेका ज्ञानेन्द्र मल्ललाई इनिंगको पहिलो ओभरमा खाता नखोल्दै मोहम्मद नबिदले आउट गराए भने अर्का ओपनर बिनोद भण्डारी ९ ५ रन ० पनि नबिदको बलमा विकेटकिपरबाटै समातिन पुगे ।

१६.२ (६.१ ओभर ) पुगेको नेपालको योगफललाई त्यसपछि कप्तान पारस खड्का र चौथो नम्बरमा पहिलो पटक ब्याटिंग गर्न आएका सोमपाल कामिले उकास्ने प्रयास गरे र २६ रनको साझेदारी गरे । तर १२ औं ओभरमा पारस खड्का पनि कदिर एहमदको सर्ट बललाई पुल गर्ने प्रयासमा फाइन लेगमा समातिन पुग्दा नेपालको तेश्रो विकेट गुम्न पुग्यो । उनले ३६ बलमा ३ चौका प्रहार गरे।

११.५ ओभरमा ४४.३ को स्थितिमा नेपालको दुर्भाग्य रोकिएन। दिपेन्द्र ऐरि र सोमपाल कामि बीच असमझदारी हुँदा ऐरि १३ औं ओभरमा रन आउट हुन पुगे। ऐरि (४७.४-१२.४) को दयनीय स्थितिमा पुग्यो।

पाँचौ विकेटको लागि सोमपाल कामि र आरिफ शेखले नेपालको योगफललाई अघि बढाउने प्रयास गरे। तर धैर्यतापूर्ण ब्याटिंग गरिरहेका सोमपाल २१ औं ओभरमा इमरान हैदरको बलमा एलबिडब्लु हुन पुगे। उनले ४७ बलमा ३ चौका मदतले ३० रन बनाए।

सोमपालको विकेट पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका पवन सर्राफ ४ रन (३ बलमा १ चौका ) , करन केसी (३ रन ) र बसन्त रेग्मी खाता नखोल्दै आउट हुँदा नेपाल २५ ओभरमा ८१.८ को अवस्थामा पुग्यो।

नेपाललाई आरिफ शेख र सन्दिप लामिछानेले नवौं विकेटको लागि २५ रनको साझेदारी गर्दै योगफल १०० पार गराए । सर्ट बलमा ठुलो सट खेल्ने चक्करमा आरिफ मोहम्मद नबिदको बलमा क्याच आउट हुन पुगे । उनले ४३ बलमा ३ चौका मदतले २५ रन बनाए।

आरिफको विकेट पछि एउटा किनारमा धैर्यतापुर्वक ब्याटिंग गरिरहेका सन्दिप लामिछाने पनि १५ रन (२७ बल) बनाएर आउट हुन पुग्दा नेपालले ३३.५ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

युएईको लागि बलिङ्गमा मोहम्मद नबिद (९.२.३१.३) र आमिर हायात (७.५.२.९.३) ले ३-३ विकेट लिए।

नेपालको कसिलो बलिङ्ग 

नेपालले दिएको ११४ रन लक्ष्य पछ्याउने क्रममा युएईले पनि कमजोर सुरुवात गर्यो। ओपनर अस्फाक एहमद ५ रन बनाएर करन केसीको बलमा एलबिडब्लु आउट हुन पुगे भने चिराग सुरी ४ रन बनाउदा सोमपाल कामिको बलमा क्याच आउट हुन पुगे।

विकेट जाने क्रम रोकिएन जुन क्रममा शैमन अनवर १५ रन बनाएर करन केसीको दोश्रो शिकार बने। यस्तै मुहम्मद उस्मानलाई ६ रन बनाउदा पारस खड्काले विकेट किपर बिनोद भण्डारीको हातमा क्याच थमाए।

युएईको विकेट जाने क्रम रोकिएन। सन्दिप लामिछानेले फहाद नवाज ३० रन बनाएका घुलाम शब्बिरको विकेट लिंदा नेपाल बलियो अवस्थामा पुग्यो। पारस खड्काले मोहम्मद बुता ९ ३ ० लाई क्याच आउट गर्दौदा २० औं ओभरमा युएई ७३र७ को नाजुक अवस्थामा पुग्यो।

आठौँ विकेटको लागि अमिर हायात र इमरान हैदरले साझेदारी गर्दै नेपालको जित्ने बाटोमा तगारो बन्न पुगे। नेपाली बलरहरुको हर प्रयास असफल पार्दै दुवैले आठौँ विकेटको लागि ४३ रनको शानदार साझेदारी गर्दै नेपालको जित खोसे। ३३ औं ओभरको पहिलो बलमा जितको लागि ४ रन आवस्यक हुँदा हायातले सन्दिप लामिछानेको बलमा छक्का प्रहार गर्दै जित दिलाए।

हायातले अविजित २४ रन बनाउन ४२ बलमा १ चौका र १ छक्का प्रहार गरे भने हैदरले अविजित १८ रन बनाउन ३९ बलमा २ चौका प्रहार गरे।

नेपालको लागि सन्दिप लामिछाने (९.१.१.३४.२) , करन केसी (९.१.३१.२) र पारस खड्का (७.०.२३.२) ले २-२ विकेट लिए। यस्तै सोमपाल कामिले १ विकेट लिए।

जित संगै युएईले नेपालसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अपराजित यात्रा कायम गरेको छ । युएईले नेपाललाई एसिया कप छनौट प्रतियोगितामा भएको खेलमा पनि पराजित गरेको थियो। सिरिज अन्तर्गत दोश्रो एकदिवसीय भोलि शनिवार खेलिनेछ। आईसीसी एकेडेमीमा हुने खेल ११:१५ बजे विहान सुरु हुनेछ।

२०७५ माघ ११, शुक्रबार मा प्रकाशित

Leave a Comment