एनभीए अवार्ड : सरस्वती र धर्मबहादुरलाई उत्कृष्ट खेलाडी

काठमाडौं–एनभीए अवार्डमा बिभागिय क्लबका खेलाडीको बर्चस्व भएको छ । एनभीए अवार्डको उत्कृष्ट खेलाडीको महिलातर्फ बिभागीय क्लब एपीएफकी सरस्वती चौधरी र पुरुष तर्फ त्रिभुवन आर्मीका धर्मबहादुर भट्टले एनभीए उत्कृष्ट वर्ष खेलाडीको अर्वाड पाएका छन् ।

नेपाल भलिबल संघको आयोजनामा वितरण हुने यो अवार्ड भलिबल क्षेत्रमा योगदान पुराउने बिभिन्न खेलाडी तथा प्रशिक्षकलाई पनि प्रदान गरिन्छ ।

नेपालमा हुने मोफसलका प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मान्दै भलिबल संघले भट्ट र चौधरीलाई उत्कृष्ट खेलाडी घोषित गरेको जनाएको छ । उत्कृष्ट दुबैले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै, उदीयमान खेलाडी पुरुषतर्फ एपीएफका बिनोद बहादुर चन्द घोषित हुँदा महिलातर्फ त्रिभुवन आर्मीकी निरुता ठगुन्ना भइन् ।

उत्कृष्ट महिला प्रशिक्षकको अर्वाड एपीएफका ज्ञानेन्द्र बिष्टले हात पारे । यस्तै उत्कृष्ट पुरुषतर्फ आर्मीका कपिल श्रेष्ठ सम्मानित भए ।

उत्कृष्ट टिम महिलातर्फ एपिएफ घोषित भएको थियो भने पुरुषतर्फ आर्मी उत्कृष्ट भयो । उत्कृष्ट टोलीलाई एक लाख पुरस्कार प्रदान गरीयो । यस्तैं भलिबलका पुर्बकप्तान भरत शाह र अन्जु खड्कालाई पनि सम्मान गरीएको थियो ।

 

२०७५ माघ ११, शुक्रबार मा प्रकाशित

Leave a Comment