नेपाली महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौँ–अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।
नेपाल पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा ५ खेलको सिरिज खेल्न पाकिस्तान लागेको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको १५ सदस्य टोली पाकिस्तान प्रवेश गरेको छ । यस्तै टोलीको प्रशिक्षकमा रिजन प्रजु छन् ।
टी–२० फर्म्याटमा खेलाइने सिरिजका खेलहरु पाकिस्तानको तीन फरक शहरमा हुनेछ ।

पहिलो खेल माघ १५ गते लाहोरमा हुनेछ । यस्तै दोस्रो खेल १७ गते र तेस्रो खेल १८ गते फैसलाबादमा हुनेछ । चौथो खेल माघ २० गते र पाँचौ खेल माघ २१ गते इस्लामावादमा हुनेछ ।

नेपालले सन् २०१४ मा घरेलु मैदानमा बेलायतको महिला टोलीलाई बोलाएर ३ खेलको सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–० ले जितेको थियो ।

 

२०७५ माघ १२, शनिबार मा प्रकाशित

Leave a Comment