नेपालको पहिलो विकेट पतन

युएईसंग ३ एकदिवसीय अन्तराष्ट्रियको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा पहिलो विकेट पतन भएको छ । नेपालका बिनोद भण्डारी अहमद हायातको बलमा विकेट किप्परको हातबाट क्याच आउट भएका हुन् ।

आजको खेलमा नेपालका लागि ओपनरमा गएका ज्ञानेन्द्र मल्लले र बिनोद भण्डारीले राम्रो साझेदारी गरे ।

५० ओभरको खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा ज्ञानेन्द्रले ४९ बलमा ४१ रन बनाउदा बिनोद भने ४५ बलमा २१ रन बनाउनदै आउट भएका हुन् ।

बिनोद र ज्ञानेन्द्रले ६१ रनको साझेदारी गरेका थिए । अव ज्ञानेन्द्रसंग साझेदारी गर्न कप्तान पारस खड्का आएका छन् ।
टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको नेपालले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजना लिएको छ ।

शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले टस हारेर पहिले ब्याटिंग गरेको थियो । हिजो खेलाईएकै पिचमा आज पनि नेपालले खेल्दैछ । घाँसे पिच हुँदा हिजो दुवै टिमका ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए ।

 

२०७५ माघ १२, शनिबार मा प्रकाशित

Leave a Comment