रोहितको अर्धसतकमा नेपाले युएइलाई दियो २४३ रनको लक्ष्य

नेपाली ब्याट्सम्यान रोहित कुमार पौडेलको अर्धसतकिय पारि खेल्दा नेपाले युएइसंगको दोस्रो सिरीजमा २४३ रनको लक्ष्य लिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभर खेल्दै २४३ को योगफ दिएको छ ।

नेपालका लागि रोहित कुमार पौडेलले अर्ध सतकिय पारी खेले उनले ५८ बलमा ७ चौका सहित ५५ रनको योगदान गरे । उप–कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका थिए । ओपनिङमा गएका ज्ञानेन्द्ररले आजको खेलमा राम्रो प्रदर्शन गर्दै ४४ रनको योगदान गरे । उनले ६१ बलमा ४ चौका सहित ४४ रन बनाउन सफल भएका हुन् ।

ज्ञानेन्द्रसंग साझेदारि गर्न आएका बिनोद भण्डारीले २१ रनको योगदान गरे । उनले ४६ बलमा २ चौका सहित २१ रन बनाएका हुन् । ओपनरमा गएका ज्ञानेन्द्र र बिनोदले २१ रनको साझेदारी गरे । बिनोद १५ दशमलव ३ ओभरमा अमिर हायतले आउट गराएका थिए ।
त्यसपछि ज्ञानेन्द्रसंग साझेदारी गर्न कप्तान पारस खड्का आए ।

पारस र ज्ञानेन्द्रको साझेदारी भने धेरै समय टिकेन । ज्ञानेन्द्र पारससंग ९ रनको साझेदारी गदै पेभेलियन तर्फ लागे । त्यसपछि नेपालको लगातार विकेत जाने क्रम जारी भयो । नेपालले २१ दशमलव ६ ओभरमा दिपेन्द्र ऐरीलाई तेस्रो विकेटको रुपमा गुमाउन पुग्यो । उनि एलबिडब्लुमा आउट भएका हुन् । दिपेन्द्रले ११ बलमा मात्र १० रन बनाए ।

त्यस्तै पारस खड्कासंग साझेदारी गर्न पवन सराफ मैदान प्रवेश गरे । उनि पनि १५ बलमा ८ रन बनाउदै आउट भए । यस पछि पनि नेपालको विकेट पतन हुने क्रम जारी भयो । नेपालले आफ्नो ५ औँ विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमायो । पारसले ३१ बलमा २१ रनको योगदान गरे ।

त्यसपछि क्रिजमा आएका आरिफ सेख र रोहित कुमार पौडेलको साझेदारि भने केहि लाभो समय सम्म टिक्यो । रोहित र आरिफले ८२ रनको साझेदारी गरे । आरिफले ४९ बलमा २९ रनको योगदान गरे । रोहितले भने अर्ध सतकिय पारी खेले उनले ५८ बलमा ७ चौका सहित ५५ रनको योगदान गरे ।

त्यस्तै करन केसीले १८ रन जोड्न सफल भए । उनले ११ बल खेल्दै २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यस्तै सोमपाल कामी मात्र २ रन जोड्दा सन्दिप लामिछानेले नट आउट १४ रन र ललित राजबंसीले ३ रन जोडे ।

उता युएईको तर्फबाट अमिर हयात र इमरान हइदरले समान ३–३ विकेट लिए ।

२०७५ माघ १२, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment