सोमपाल र सन्दिपको उत्कृष्ट बलिङमा नेपालेको शानदार जित

काठमाडौं–नेपालले युएई बिरुद्धकोे दोस्रो सिरिजमा नेपालले शानदार जित निकोलको छ । नेपाली बलर सोमपाल कामि र सन्दिप लामिछाने चम्कदमा नेपालले शानदार जित निकाल्न सपल भएको हो । नेपालले युएई माथि १४५ को शानदार जित दर्ता गराएको हो । नेपाले दिएको नेपालले दिएको २४३ रनको लक्ष्य पछा्उने क्रममा युएई १९ दशमलव ३ ओभरमा अल आउट हुदै जम्मा ९७ रन जोड्न सक्यो ।

युएईका मोहमद उसमानले सर्वाधिक २६ रन बनाए । आसफाक अहेमदले २० रन बनाउदा सीपी रिजवानले १६ रनको योगदान गरे । कप्तान मोहमेद नबिद १९ रन बनाउदै आउट भए ।

नेपालका लागि सन्दिप लामिछानेले ४ तथा सोमपाल कामिले ५ वकेट लिए । दिपेन्द्र एरीले १ तथा ले विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभर खेल्दै २४३ को योगफ दिएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले अर्ध सतकिय पारी खेले उनले ५८ बलमा ७ चौका सहित ५५ रनको योगदान गरे ।

उप–कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका थिए । ओपनिङमा गएका ज्ञानेन्द्ररले आजको खेलमा राम्रो प्रदर्शन गर्दै ४४ रनको योगदान गरे । उनले ६१ बलमा ४ चौका सहित ४४ रन बनाउन सफल भएका हुन् । ज्ञानेन्द्रसंग साझेदारि गर्न आएका बिनोद भण्डारीले २१ रनको योगदान गरे । उनले ४६ बलमा २ चौका सहित २१ रन बनाएका हुन् । ओपनरमा गएका ज्ञानेन्द्र र बिनोदले २१ रनको साझेदारी गरे । बिनोद १५ दशमलव ३ ओभरमा अमिर हायतले आउट गराएका थिए ।

त्यसपछि ज्ञानेन्द्रसंग साझेदारी गर्न कप्तान पारस खड्का आए । पारस र ज्ञानेन्द्रको साझेदारी भने धेरै समय टिकेन । ज्ञानेन्द्र पारससंग ९ रनको साझेदारी गदै पेभेलियन तर्फ लागे । त्यसपछि नेपालको लगातार विकेत जाने क्रम जारी भयो । नेपालले २१ दशमलव ६ ओभरमा दिपेन्द्र ऐरीलाई तेस्रो विकेटको रुपमा गुमाउन पुग्यो । उनि एलबिडब्लुमा आउट भएका हुन् । दिपेन्द्रले ११ बलमा मात्र १० रन बनाए ।
त्यस्तै पारस खड्कासंग साझेदारी गर्न पवन सराफ मैदान प्रवेश गरे । उनि पनि १५ बलमा ८ रन बनाउदै आउट भए ।

यस पछि पनि नेपालको विकेट पतन हुने क्रम जारी भयो । नेपालले आफ्नो ५ औँ विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमायो । पारसले ३१ बलमा २१ रनको योगदान गरे ।

त्यसपछि क्रिजमा आएका आरिफ सेख र रोहित कुमार पौडेलको साझेदारि भने केहि लाभो समय सम्म टिक्यो । रोहित र आरिफले ८२ रनको साझेदारी गरे । आरिफले ४९ बलमा २९ रनको योगदान गरे । रोहितले भने अर्ध सतकिय पारी खेले उनले ५८ बलमा ७ चौका सहित ५५ रनको योगदान गरे ।

त्यस्तै करन केसीले १८ रन जोड्न सफल भए । उनले ११ बल खेल्दै २ छक्का र १ चौका प्रहार गरेका थिए । त्यस्तै सोमपाल कामी मात्र २ रन जोड्दा सन्दिप लामिछानेले नट आउट १४ रन र ललित राजबंसीले ३ रन जोडे ।

उता युएईको तर्फबाट अमिर हयात र इमरान हइदरले समान ३–३ विकेट लिए । मोहमद नबिद र अमिर हायातले पनि १–१ विकेट लिए ।
अव नेपालले सोमबार ११ः१५ मा अन्तिम सिरिज खेल्नेछ ।

२०७५ माघ १२, शनिबार मा प्रकाशित

Leave a Comment