इबिए कप अन्तरविद्यालय बास्केटबल : बीएनए सेमिफाइनलमा

काठमाडौं-बीएनए प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । बीएनएसंगै लालीगुराँस र एन्जल्स हर्ट पनि सेमिफाइनलमा पुगे ।

बीएनएले गोल्डेनपिकलाई २२–१४ ले पराजित ग¥यो । बीएनएको जितमा सन्देश खड्काले १५ अंक योगदान गरे । रोशन घलेको १५ अंक सहयोगमा लालीगुराँसले ग्रिनल्यान्डलाई ३२–२१ ले हरायो ।

एन्जल्स हर्टले स्किब्सको चुनौती २५–१० ले समाप्त पा¥यो ।

एन्जल्स हर्टका शेखर मगरले १३ स्कोर गरे । सेमिफाइनलमा बीएनएको भेट आयोजक इबिए ‘ए’ संग हुनेछ भने लालीगुराँसले एन्जल्स हर्टको सामना गर्नेछ ।

गल्र्सको थ्री बाइ थ्रीमा ग्रिल्यान्ड ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ८–३ तथा भ्याली पब्लिकले भद्रकालीलाई १५–८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

२०७५ माघ १२, शनिबार मा प्रकाशित

Leave a Comment