ग्रिजम्यानको गोलमा एट्लेटिको मड्रिडको जित

एजेन्सी- स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड  बिजय भएको छ । गय राति भएको खेलमा गेटाफेलाई २–० ले हराएको छ ।

एट्लेटिको घरेेलुु मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि एट्वान ग्रिजम्यान र साउलले गोल गरेका थिए । २७ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

३७ औं मिनेटमा साउलले अग्रता दोब्बर बनाए । बाँकी समयमा गोल हुन नसक्दा एट्लेटिको विजयी भयो ।

जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी दुई अंकमा छा्ेट्याएको छ । २० खेल खेलेको बार्सिलोनाको ४६ अंक छ भने एट्लेटिको मड्रिडको ४४ अंक भएको छ ।

 

२०७५ माघ १३, आईतवार मा प्रकाशित