आर्मि माथि एपीएफको सहज जित

काठमाडौं– १४ औँ सस्करणको ढोरपाटन महिला डबल लिग भलिबलमा विभागिय टिम एपीएफले आर्मिमाथि सहज जित निकालेको छ ।
आज भएको खेलमा एपीएफले आर्मिमाथि तीन सेटको सोझो जितत निकालेको हो ।

काठमाडौंको नयाँ बसपार्कको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पहिलो सेट २५–१९ ले जित निकाल्न सफल भएको हो । त्यस्तै दोस्रो सेटमा पनि एपीएफ बलियो भएर निस्किएको थियो ।

एपीएफले दोस्रो सेट २५–१२ मा जित्न सफल भएको हो । विभागिय यो दुई टिमको भलिबलमा निकै रोमाञ्चकता देखिएको थियो च्याम्पियन भएर चिनिने एपीएफले यस आर्मिलाई तेस्रो सेटमा पनि सहज जित निकालेको हो । उपीएफले अन्तिम सेटमा पनि २५–१८ को जित निकालेको हो ।

आईतबारनै भएको आर्काे खेलमा विभागिय टोली पुलिसले आजको खेलमा दोहारो जित निकाल्न सफल भयो । पुलिसले पहिलो खेलमा पश्चिमाञ्च लाई ३–१ को जित निकालेको हो ।

पहिलो सेटमा पुलिसमाथि पश्चिमाञ्चलले २४–२६ को जित निकाल्दै निकाल्दै अग्रता कायम राखे पनि दोस्रो सेटमा भने पुलिसले कम ब्याक गरेको थियो ।

आजको जितसंगै पुलिसले २१ अंक जोड्न सफल भएको हो । दोस्रो स्थानको एपीएफको १८ अंक रह्यो । आर्मी १५ अंक सहित तेस्रो स्थानमा रहदाँ चौथो स्थानको सेब स्कुलको ११ अंक छ ।

आजननै भएको अर्को खेलमा चितवनले ढोरपाटनलाई २५–१५, २५–७ र २५–१२ को सेटमा हराएको हो । प्रतियोगितामा सोमबार श्री गाउँ र चितवन, पश्चिमाञ्चल र आर्मी, एपीएफ र पुलिस तथा पश्चिमाञ्चल र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

फाइल फोटो

२०७५ माघ १३, आईतवार मा प्रकाशित

Leave a Comment