अन्तराष्ट्रिय फुटबल खेल्न जाने राष्ट्रिय महिला फुटबल टिमको विदाइ

काठमाडौं–भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई विदाई गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रमाको आयोजजना गर्दै नेपाली महिला टोलीको विदाई गरेको हो ।

निरु थापाको कप्तानीमा रहेको नेपाली महिला फुटबल टोली बुधबार झापा जाने कार्यक्रम रहेको छ । झापामा अभ्यास गरेर सोही स्थानबाट नेपाली टिम भारत प्रस्थान गर्नेछ ।

नेपाली महिला टोलीलाई दक्षिण कोरियाली फुटबल संघका अध्यक्ष चुङ मोङ ग्युले नेपाली खेलाडीलाई विदाइ गरेका थिए । आजको कार्यक्रममा अध्यक्ष चुङ मोङ ग्युल नेपाललाई करिब ९ सय थान खेल सामाग्री हस्तान्तरण गरेका छन् ।

भारतले आयोजना गर्ने तय भएको प्रतियोगितामा नेपाल सहित आयोजक भारत म्यानमार र श्रीलङ्का समावेश छन् । प्रतियोगिता माघ २३ देखि फागुन ५ गतेसम्म आयोजना हुदैछ ।

नेपाली टोली

गोलकिपर–एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर–हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु

मिडफिल्डर–विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी

स्ट्राइकर–अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी

२०७५ माघ १३, आईतवार मा प्रकाशित

Leave a Comment