ला लिगा : बर्सिलोनाको लगातार आठौं जित

एजेन्सी-स्पेनिस ला लिगा फुटबलमा बार्सलोनाले जिरोनालाई पराजित गरेको छ । आइतबार राति भएको खलमा जिरोनालाई बार्सिलोनाले २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको जिरोनालाई पराजित गर्न कप्तान लियोनल मेस्सी र नेलसन सिमेडोले एक एक गोल गरे । खेलको पहिलो हाफमा बार्सिलोनाले १(० ले अग्रता लिएको थियो ।

पहिलो हाफमा सुरुवाती अग्रता दिलाउन नेलसन सिमेडोले गोल गरेका थिए । उनले खेलका ९ औं मिनेटमा इभान राकिटिकको क्रस बलमा गोल गर्दै पाहुना टालीलाई सुरुवाती अगता दिलाए ।

खेलको ५१औं मिनेटमा जिरोनाका बर्नाडो दोहोरो पँहेलो कार्ड खादै मैदान बाहिरिए । त्यसको फाइदा उठाउदै ६८औं मिनेटमा जोडी अल्वाको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २१ खेलबाट ४९ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको मड्रिडको ४४ अंक रहेको छ । जिरोना २४ अंक जोडेर १३औं स्थानमा छ ।

२०७५ माघ १४, सोमबार मा प्रकाशित