पारस खड्काको नायकत्वमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं–नेपालले युएई बिरुद्धकोे तेस्रो खेलमा पनि नेपालले जित निकाल्न सफल भएको छ । यो संगै नेपालले पहिलो पटक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज आफ्नो नाममा परेको हो ।

नेपालले २–१ को जित निकाल्दै सिरिज उचालेको हो ।

नेपालको ऐतिहासिक सफलतामा कप्तान पारस खड्काले सर्बाधिक ११५ रनको योगदान गरे । उनले १०९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई महत्वपुर्ण ११५ रनको योगदान गरेका हुन् । पारसको यो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।

टस जितेर फिल्डीङ रोजेको नेपाले २५४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्यलाई पुरा गर्ने क्रममा उप–कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको योगदान गरे । उनले ३५ बलमा ४ चौका सहित यो योगफल बनाएका हुन् ।

त्यस्तै सन्दिप जोराले १९ रनको योगदान गरे । उनले २० बलमा १ चौका १ छक्का सहित १९ रन बनाउन सफल भएका हुन् । त्यस्तै सोमपाल कामीले २६ तथा आरिफ सेखले २१ रनको योगदान गरेका थिए ।

त्यस्तै ओपनर बिनोद भण्ढाीले ९ तथा दिप्रेन्द्र ऐरीले ६ रनाको योगदान गरे । बलिङ तर्फ नेपालका पारस खड्का र करण केसीले समान २–२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।

२०७५ माघ १४, सोमबार मा प्रकाशित

Leave a Comment