ढोरपाटन महिला भलिबल : आर्मि र एपीएफको जित

काठमाण्डौं–ढोरपाटन महिला भलिबल लिगमा आजको खेलमा बिभागिय टोली बिजय भएका छन् । सोमबार भएको खेलमा पश्चिमाञ्चललाई त्रिभुवन आर्मी क्लबले तीन सेटको सोझो जित निकालेको छ ।

आर्मिले पहिलो खेलमा २५–१२ को जित निकालेको थियो । दोस्रो सेटमा २५–१५ र तेस्रो सेटमा २५–२१ को सोझो जित निकालेको हो ।
त्यस्तै आजनै भएको आर्काे खेलमा विभागिय टिम एपीएफले अर्काे विभागिय टोली पुलिस माथि तीन सेटको सोझो जित निकालेको हो ।

एपीएफले पहिलो सेट २५–२० मा जित निकाले पनि दोस्रो सेटमा भने संघर्स गर्नु परेको थियो । दोस्रो सेटमा एपीएफले ३३–३१ को जित निकाल्न सफल भएको हो । ढोरपाटन महिला भलिबलको १४ औँ सस्करणमा ३३–३१ को सेट सम्म पुगेको यो पहिलो पटक हो ।

त्यस्तै एपीएफले अन्तिम सेटमा भने सहज जित निकालेको हो । अन्तिम सेटमा उसले २५–१० को जित निकाल्न सपलल भएको हो ।

आजनै भएको आर्काे खेलमा श्रीगाँउले चितवन टाइगर्सलाई २५–१७, २५–२१, २२–२५, ५–२५ र १५–१७ को जित निकल्न सफल भएको हो ।

त्यस्तै आजको अन्तिम खेलमा पश्चिमाञ्चलले चितवन टाइगर्स माथि २५–२२, २५–५ र २५–१५ को सोझो जित निकाल्न सफल भएको हो ।
लिग अन्तरगत भोलि पश्चिमाञ्चलले एपीएफको सामना गर्ने भएको छ ।

त्यस्तै दोस्रो खेलमा आर्मीले सेवविरुद्ध खेल्नेछ, भोलिनै हुने अन्य खेलमा पुलिसविरुद्ध चितवन, पश्चिमाञ्चल विरुद्ध श्रीगाँउ र दाङएपीएफविरुद्ध चितवन आमन्ने सामन्ने हुनेछन् ।

२०७५ माघ १४, सोमबार मा प्रकाशित

Leave a Comment