मेस्सीलाई ‘मष्ट भ्यालुएबल प्लेअर’ अवार्ड

एजेन्सी– स्पेनिस ला लिगाले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई मष्ट भ्यालुएबल प्लेअर अवार्ड प्रदान गरेको छ ।

ला लिगाले गय राति एक आर्यक्रमको आयोजना गर्दै मेस्सीलाई यो अवार्डबाट सम्मानित गरको हो । मेस्सीले ला लिगाले प्रदान गरेको पछिल्ला १० बर्षका बेस्ट प्लेअर अवार्ड मध्य ९ अवार्ड आफ्नो नाममा परी सकेका छन् ।

त्यस्तै उनले बेस्ट फरर्वाटमा पनि पछिल्ला ९ बर्षको अवार्ड मध्य ८ वटामा आफ्नो नाम लेखाई सकेका छन् ।  ला लिगाले उनलाइ २०१७÷१८ को सिजनमा भ्यालुएबल खेलाडीको रुपमा यो अवार्ड प्रदान गरेको हो ।

यस अधि मेस्सीले उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारेका थिए । मेस्सी ला लिगाका सर्वाधिक गोल कर्ता पनि हनु । उनले हाल सम्म ३३७ खेलमा ४०२ गोल गरि सकेका छन् ।

मेस्सी यस सिजनको ला लिगामा हाल सम्मकै सर्वाधिक गोल कर्ता हुन् । उनले हाल सम्म १९ गोल गरि सकेका छन् ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment