बार्सिलोनामा सर्वाधिक पारिश्रमिक पाउने तीन खेलाडी, हेर्नुस कस्ले कती लिन्छन ?

एजेन्सी–फुटबल क्लब बार्सिलोना स्पेनिस फुटबलको सफल क्लब हो । बार्सिलोनाले क्लब फुटबलका प्राय सबै उपाधिहरु चुमिसकेको छ ।
बार्सिलोनाले हाल सम्म २५ पटक स्पेनिस ला लिगा, ३० कोपा डेल रे, १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितिसकेको छ ।

बार्सिलोनाले गत पाँच सिजन यता खेलाडीका लागि हरेक साता ७३१.४७ मिलियन पाउण्ड बढी रकम खर्च गर्दै आईरहेको छ । बार्सिलोनामा सवर्धिक पारिश्रमिक लिने खेलाडी धेरै छन् । जसमध्ये तीन खेलाडीको हामी चर्चा गर्नेछौं ।

बार्सिलोनामा सर्वाधिक पारिश्रमिक पाउने तीन खेलाडी यस प्रहार छन् ।

१. लियोनल मेस्सी

Related image

बार्सिलोनाबाटै फुटबल करियर सुरु गरेका लियोन मेस्सी क्लबमा पारिश्रमिक पाउने खेलाडीको हुन् ।  बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले हरेक साता ५०० मिलियन पाउण्ड पारिश्रमिक बुझ्ने गर्छन् ।

मेस्सी बार्सिलोनाका मात्र नभई विश्व फुटबलकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको रुपमा पर्दछन् ।

२. लुइस स्वारेज

लुइस स्वारेजले बार्सिलोनामा धेरै पारिश्रमिक पाउने दोस्रो खेलाडी हुन् । उनले बार्सिलोनामा हरेक साता २९० मिलियन पाउण्ड पारिश्रमिक लिने गर्दछन् ।

स्वारेज सन् २०१४ मा इंग्लिश क्लब लिभरपुलबाट ७५ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए । विश्वकै उत्कृष्ट स्ट्राइकरको सूचीमा पर्ने स्वारेजले बार्सिलोनाबाट २१४ खेल खेल्दै १६१ गोल गरिसकेका छन् ।

स्वारेजले बार्सिलोनाबाट तीन पटक ला लिगा, चार कोपा डेल रे र एक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् ।

३. फिलिपे कौटिन्हो

बार्सिलोनामा सर्वाधिक पारिश्रमिक पाउने खेलाडीको तेस्रो नम्बरमा छन् ब्राजिलियन मिडफिल्डर कौटिन्होले बार्सिलोनामा । उनले बार्सिलोनामा हरेक साता २०० मिलियन पाउण्ड पारिश्रमिक पाउछन् ।

कौटिन्होले आफ्नो व्यावसायिक फुटबल जीवनको सुरुवात इटालियन क्लब इन्टर मिलानबाट गरेका थिए । उनि सन् २०१३ मा इंग्लिश क्लब लिभरपुलमा अनुबन्धित भएका थिए ।

लिभरपुल आएपछी कौटिन्हो प्रिमियर लिगका उत्कृष्ट मिडफिल्डर साबित भए ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment