टि–२० अन्तराष्ट्रिय सिरिज : इतिहास रच्ने लक्ष्यमा नेपाल (हेर्नुस खेल तालिका र समय)

काठमाडौं–युएईसंग खेलेको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा २–१ ले पराजित गर्दै नेपालले पहिलो सिरिज जितेसंगै अब नेपालले ३ वटा टि–२० अन्तराष्ट्रिय खेलको सिरिज खेल्ने छ ।

नेपाललाई टि–२० अन्तराष्ट्रिय सिरिजमा ईतिहास रच्ने मौका पनि हुनेछ । यस अघिको एकदिवसिय अन्तराष्ट्रिय सिरिजमा जति बलियो भएर प्रस्तुत भएको थियो सोहि अनुशार प्रस्तुत भएमा नेपाललाई यो सफलता पनि मिल्नेछ ।

टि–२० सिरिजका सबै खेलहरु आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछन् । यस अघि सोहि मैदानमा नेपाल र युएईले एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेका थिए ।

खेलहरु माघ १७ (जनवरी ३१) बाट शुरु हुनेछन् । टि–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपाल र युएईले पहिलो खेल जनवरी माघ १७ गते हुनेछ ।

नेपालको दोस्रो खेल माघ १८ गते (फेब्रुअरी १) मा हुनेछ भने नेपालले आफ्नो तेस्रो सिरिज माघ २० गते (फेब्रुअरी ३ तारिक) मा खेल्नेछ ।

सिरिजको सबै खेल नेपाली समय अनुशार दिउसो २ः४५ बजे बाट शुरु हुनेछन् ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment