नविता र सान्टु स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडर

काठमाडौं–नेपालली टेबल टेनिस क्षेत्रमा नम्बर एक खेलाडी नविता श्रेष्ठ र सान्टु श्रेष्ठ स्ट्याग इन्टरनेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त भएका छन् ।

राजधानिमा आज एक कार्यक्रमको आयोजना गर्दै भारतीय कम्पनी टेबल टेनिस खेल सामग्री निर्माण कम्पनी स्ट्यागले नेपाली खेलाडीलाई दुई बर्षएका लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

सम्झौता अनुसार दुवै खेलाडीलाई २ वर्षसम्म उक्त कम्पनिको लोगो अंकित सामग्री खेलाडीहरुले लगाउनु पर्ने छ । साथै उनिहरुले खेल्ने अन्तराष्ट्रिय प्रतियोगितामा पनि उनिहरुको नाम रहने छ ।

नेपाली टेबल टेनिस क्षेत्रमा नविता महिलातर्फ र स्यान्टु पुरुषतर्फ नम्बर एक खेलाडी हुन् ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित