बाँसबारी क्लबलाई स्पार्क हस्पिटलको साथ

काठमाडौं– ‘बी’ डिभिजन क्लब बाँसबारी फुटबल क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले प्रायोजन गर्ने भएको छ । आज राजधानिमा एका कार्यक्रमको आयोजना गर्दै एक बर्षका लागि करिब ८ लाख बराबरको प्रायोजन बताएको हो ।

बाँसबारी र स्पार्क हेल्थ होम हस्पिटलले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क हस्पिटलका निर्देशक रुपेश अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘बी’ डिभिजन क्लबलाई स्पार्क हस्पिटलले दिएको साथमा धेरै खुसी भएको क्लबका अध्यक्ष थापाले बताए  ।  साथै उनले आउदै गरेको बि डिभिजन लिगमा आफ्नो क्लबले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

बि डिभिजन क्लबलाई ‘रेलिगेशन बिनाको लिग भएकाले चढ्ने र झर्ने डर छैन ।

सम्झौतासंगै क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबको नामबाट फुटबल खेल्ने छ । यस्तै बाँसबारीको जर्सीमा हस्पिटलको लोगो प्रयोग हुनेछ ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित