हिमाल डेन्टल डीपीएलको हाईजिन पार्टनर

काठमाडौं– हिमाल डेन्टल ढनगढी प्रिमियर लिग ( डिपीएल ) को हाईजिन पार्टनर हुने भएको छ ।  मङ्गलबार हिमाल डेन्टलका र धनगढी क्रिकेट एकेडेमी बिच म्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता प्रत्रमा हिमाल डेन्टलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काले हस्ताक्षर गरेका हुन् ।

नगद र अन्य शिर्षकमा गरि ७ लाख रुपैयाँ बराबरको सम्झौता दुवै बीच भएको हो । सम्झौता अनुशार डेन्टलले रुस्लान डिपीएल खेल्ने प्रत्येक खेलाडीलाई ५ हजार रुपैयाँ बराबरको निशुल्क दाँत चेक कप गराउने छ ।

करिव ५ बराबरको अनुमानित लागतमा संञ्चालन हुने लिग यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा आयोजना हुँदैछ ।

तेस्रो संस्करण डीपीएलमा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् । जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन् ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित