अफ्रिकी क्रिकेटर जोन्टि डिपिएलको गुडविल एम्बासडर

काठमाडौं–फिल्डीङका बादशाह भनेर चिनिने विश्व प्रसिद्ध दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को गुडविल एम्बासडरमा नियुक्त भएका छन ।

प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तरष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र बिश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास आयोजकले लिएको छ ।

जोन्टी लिग आयोजना अवधिभर धनगढीमानै रहने र सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने जनाईएको छ ।

खेलेका ४९ वर्षीय जोन्टिले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेली सकेका छन् । उनि आफ्नो फिल्डिङको कारण विश्व प्रसिद्ध छन् ।

यस्तै सीवाईसी अत्तरियाले रायन मरुनलाई टिमको प्रशिक्षकको रुपमा समेत नियुक्त गरेको छ । मरुन यसअघि वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिङ प्रशिक्षक रहेका थिए ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित