ढोरपाटन महिला भलिबल : एपीएफ, पुलिस र पश्चिमाञ्चल विजय

काठमाडौं–ढोरपाटन महिला भलिबल डबल भलिबल लिग अन्तरगत आज देखी पहिलो राउन्डडका खेल सपन्न भएर दोस्रो राउन्डका खेलहरु संञ्चालन भएका छन् ।

आज भएको पहिलो राउन्ड अन्तरगतको अन्तिम खेलमा एपीएफले पश्चिमाञ्चललाई ३–० सेटले हराएको छ ।  पहिलो सेटमा २५–१७ जितेको एपीएफले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को सोझो जित निकाल्न सफल भएको हो ।

त्यस्तै आज भएको दोस्रो राउन्डको खेलहरुमा त्रिभुवन आर्मि क्लबले सेव लाई तीन सेटको साझो जित निकालेको हो । अर्मिले २५–२२, २५–२१ र २५–१० को जित निकाल्न सफल भएको हो ।

आजनै भएको अर्काे खेलमा नेपाल पुलिस क्लबले चितवन टाईगर्सलाई २५–६, २५–२१ र २५–१३ ले हराउन सफल भयो ।

लिगमा आज भएको अन्तिम खेलमा पश्चिमाञ्चलले जित निकाल्न सफल भायो । पश्चिमाञ्चलल श्रीगाँउलाई २५–१३, २५–१४ र २५–९ हराएको हो ।

लिग अन्तरगत बुधबार हुने खेलहरुमा एपीएफले चितवन गाईगर्सको सामना गर्ने छ । त्यस्तै पुलिस क्लब सेवविरुद्ध कोर्टमा उत्रदा आर्मीले चितवनसंग प्रतिस्पर्धा गर्ने भएको छ । भोलिनै हुने अन्य दुई खेलमा एपीएफविरुद्ध श्रीगाँउ खेल्दा पश्चिमाञ्चलले चितवनसंग प्रतिस्पर्धा गर्ने छ ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित

Leave a Comment