नेयमारले च्याम्पियन्स लिग नखेल्दा पीएसजीलाई धेरै असर पर्ने छ

एजेन्सी–ब्राजिलियन स्ट्रार खेलाडी नेमार जुनियर यतिबोला घाईते भएर आरामा गरिरहेका छन् । (पीएसजी) का स्टार खेलाडी नेयमारले च्याम्पियन्स लिगका दुई खेल गुमाउने भए पछि पीएसजीलाई धेरै असर पर्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यायमहरुले उल्लेख गरेका छन् ।

क्लबका अनुसार नेयमारले च्याम्पियनस लिग अन्तर्गत टप आठमा म्यानचेस्टर युनाइटेडविरुद्धका दुवै लेग गुमाउने भएका हुन्।

गत मंगलबार भएको स्टार्सवर्गसँगको फ्रेन्च कप अन्तर्गतको खेल दौरान नेयमार घाइले भएका थिए । उनले खेल दौरान दायाँ खुट्टामा चोट बोक्दै मैदान बाहिरिएका थिए ।

उनलाई क्लबले च्याम्पियन्स लिगको पहिलो लेग मात्रै गुमाउने आशंका गरिएपनि एमआरआईको रिपोर्टपछि उनले दुवै लेग गुमाउने भएका हुन् । नेयमार मार्च अन्तिम सातापछि मात्रै मैदान फर्किनेछन्।

२०७५ माघ १६, बुधबार मा प्रकाशित