काउटिन्होको रिलिज क्लज ४०० मिलियन, पीएसजी जाने सम्भावना कती ?

एजेन्सी– ब्राजित तथा बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होलाई भित्राउन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पिएसजी० ले आफ्नो पहिलो नजर राखेको छ ।

पीएसजीले बार्सिलोनाका सबैभन्दा महँगा खेलाडीको रुपमा रहेका काउटिन्होलाई भित्राउन आफ्नो पहिलो नजरमा राखेको हो ।

फ्रेन्च मिडियाका अनुसार पिएसजीले अजाक्सका २१ बर्षीय मिडफिल्डर फ्रेन्की डे जोङलाई आगामी समर सिजनका लागि बार्सिलोनाले करिब ९० मिलियन युरो खर्चे पछि उसको बदला लिनखोजेको रिपोर्ट प्रकासित गरेको छ ।

तर, बार्सिलोनाले काउटिन्होको रिलिज क्लज ४०० मिलियन राखेको छ ।

बार्सिलोनाले उनलाई आफ्नो इतिहासमै सबैभन्दा महँगो मूल्य हालेर किनेका खेलाडी खोसेर पिएसजी बार्सिलोनासँग डे जोङ भित्र्याउन नपाएको बदला लिनचाहेको रिपोर्ट प्रकाशित गरेको छ ।

अहिले पिएसजीका मालिक जासिर अलखिलाफी पुर्ण रूपमा काउटिन्हो अनुबन्धका लागि लागेका छन् ।

त्यसका लागि बार्सिलोनाँग सन् २०२३ सम्म सम्झौता भएका काउटिन्हो भित्र्याउन पिएसजीले अर्को कीर्तिमानी रकम खर्चिन तयार रहेको खबरमा उल्लेख गरिएको छ ।

२०७५ माघ १६, बुधबार मा प्रकाशित