चितवनमा बन्ने भयो दुई बर्षमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला

काठमाडौं – नेपामा पहिलो पटक मौलिक पनको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण हुने भएको छ । धुमुर्स सुन्तली फाउण्डेशनले निर्माण गर्ने उक्त रंगशालाको अनुमानित लागत ३ अरब रहेको छ ।

रंगशाला निर्माणका लागि आज धुमुर्स सुन्तली फाउण्डेशनल र भरतपुर महानगरपालिकाबीच सम्झौंता भएको छ । फाउण्डेशनले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र भरतपुरमहानगर पालिकाकी मेयर रेणु दाहलले सम्झौंता पत्रमा हस्ताक्षर गरे ।

भरतपुर महानगर पालिकाको त्रिभुवन विश्वविद्यालय कृषि तथा बन विज्ञानको सङ्काय अन्तरगत शान्तिचोकमा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

रंगशाला निर्माणको कार्य अजै देखि थालनि गर्ने र अवको ६ महिना भित्र सम्पूर्ण डिपिआर तयार गरि शिलन्यास भएको २ वर्ष भित्रमा रंगशालाको काम सिद्ध गरि फाउन्डेसनले भरतपुर महानगरलाई हस्तान्तरण गर्ने छ ।

फाउन्डेशनले निर्माण गर्ने रंगशालामा नेपाल सरकारको पुर्ण सहयोग रहने नेपाल सरकारका प्रधानमन्त्रि केपी शर्मा वलीले बताए ।

‘हामि यो रंगशाला निर्माणको लागि एकदमै सकरात्मक छौ, नेपाल सरकारको पक्षबाट हुने सम्पुर्ण सहयोग हामिले प्रदान गर्नेछै । रंगशाला निर्माण कार्यमा म ब्याक्तिगत तर्फबाट पनि सहयोग गर्ने छु । साथै सबै नेपालीललाई सहयोग गर्न पनि अनुरोध गर्दछु ।’ प्रधानमन्त्रि ओलीले भने ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि रंगशाला निर्माणको लागि सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

२०७५ माघ १६, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment