मोहम्मद नबिद महेन्द्रनगर युनाइटेबाट खेल्ने

काठमाडौं– युएई राष्ट्रिय टिमको वर्तमान कप्तान मोहम्मद नबिद तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को टिम महेन्द्रनगर युनाइटेडबाट खेल्ने भएका छन् ।

माघ २६ गते देखि फाल्गुन ११ गते सम्म धनगढीमा आयोजना हुने रुस्लान डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी शरद भेसावकरले गर्दै छन् ।

टिमले अर्को विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने जानकारी गराउन चाहन्छौ । ३१ वर्षीय नबिद तिब्र गतिको बलर हुन् भने विस्फोटक ब्याटिंग पनि गर्न सक्छन ।

युएईको लागि ३५ एकदिवसीय अन्तराष्ट्रिय तथा २३ टि–२० अन्तराष्ट्रिय नबिदले खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ५० विकेट तथा टि–२० मा २३ विकेट लिएका छन ।

महेन्द्रनगर युनाईटेड टिम

शरद भेसावकर (कप्तान) , आरिफ शेख, रोहित पौडेल, अभिनाश बोहरा, अमर सिंह रौटेला, सागर ढकाल, दिलिप नाथ, सिद्धान्त लोहनी, शाहब आलम, कुशल मल्ल, दिपेन्द्र चन्द, सन्तोष भट्ट, सुशील खड्का (लोकल प्लेयर), मोहम्मद नबिद (बिदेशी खेलाडी)

२०७५ माघ १६, बुधबार मा प्रकाशित

Leave a Comment