युनाइटेड जित यात्रामा पुर्णविराम

एजेन्सी–इंग्लिस प्रिमियर लिग अन्तरगत म्यान्चेस्टर युनाइटेडले बुधबारराति भएको खेलमा ब्रुन्लीसंग बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा युनाईटे र ब्रुन्ली बराबरी खेलेका छन् ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा युनाइटेडले दोस्रो हाफको ५१ औं मिनेटमा र्बानेसले गोल गर्दै ब्रुन्लीलाई अग्रता दिलाए । त्यसपछि ८१ औ मिनेटमा उडले टिमको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको युनाईटेडले ५ मिनेटमा दुई गोल फर्काउदै खेल बराबरी गर्यो । युनाइटेडका लागि पाउल पोग्बाले खेलमो ८७ औं मिनेटमो पेनाल्टी मार्फत गोल गर्दै खेल दुई एकको अवस्थामा ल्याए ।

त्यस्तै युनाइटेडका लागि खेलको इन्जुरी समयमा लिन्डोल्फले गोल गर्दै खेल बराबरीमा पुर्याए । बराबरीपछि युनाईटेडको २३ खेलबाट ४५ अंक भएको छ । युनाइटे शिर्ष स्थानको लिभरपुल भन्दा १६ अंकले पछि छ ।

२०७५ माघ १७, बिहीबार मा प्रकाशित