काठमाडौं– अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्ध भएको छ ।
दोस्रो खेल आज फैसलावादमा हुने तय भएपनि निरन्तर वर्षाका कारण खेल हुन नसकेको हो ।
फैसलावादस्थित एकवाल स्टेडियममा वर्षाका कारण खेल्न लायक छैन । अम्पायर र म्याच रेफ्रीले स्थानिय समयअनुसार साढे ११ बजे
स्टेडियमको निरिक्षण गरेपछि खेल रद्ध गर्ने निर्णय भएको हो। निरन्तरको वर्षाका कारण टस समेत हुन सकेन ।
यस अघिको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । नेपालको तेस्रो खेल फैसलावादमै शुक्रवार हुनेछ ।
