टि–२० अन्तराष्ट्रिय सिरिज : नेपालले पायो १५४ रनको लक्ष्य

काठमाडौं– टि–२० अन्तराष्ट्रिय खेलको सिरिज सिरिज अन्तरगतको पहिलो खेलमा युएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ गरेको नेपालले रनको १५४ लक्ष्य पाएको हो ।

युएइले २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १५३ रन जोडे पछि नेपाले १५४ रनको लक्ष्य पाएको हो । नेपालका लागि सन्दिप लामिछानेले २ विकेट लिए । सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिएका हुन् । त्यस्तै बसन्त रेग्मीले पनि २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएका हुन् ।

त्यस्तै नेपालका लागि सोमपाल कामी र अविनास बोहराले समान १–१ विकेट लिए । नेपाली राष्ट्रिय टोलीमा पहिलो पटक डेब्यू गरेका अविनासको यो पहिलो विकेट हो । उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए ।

आजको खेलमा भने करण केसीले धेरै रन खर्चेका छन् । ४ ओभर बलिङ गरेका करणले ४३ रन खर्चेका थिए ।

उता युएईको तर्फबाट साहिमान अनुवारले अर्धसतककिय पारि खेले । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको योगदान गरे । यस्तै मोहमद उसमानले ३० तथा मोहमद बोटाले २० रन जोडे ।

अव नेपाल केहि बेरमा ब्याटिङमा उत्रने छ ।

२०७५ माघ १७, बिहीबार मा प्रकाशित

Leave a Comment