सन्दीप जोराले अर्धसतक बनाउदा पनि नेपाल युएईसंग २१ रनले पराजित

काठमाडौं– टि–२० अन्तराष्ट्रिय खेलको सिरिज सिरिज अन्तरगतको पहिलो खेलमा नेपाल युएई सामु ३ विकेटले पराजित भएको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले  १५४ रनको लक्ष्य पाएको थियो ।

१५४ को लक्ष्य पछउने क्रममा नेपाले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर मात्र रन १३२ रन जोड्न सफल भयो । नेपालका लागि सन्दीप जोराले अर्धसतक बनाउन सफल भए । उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको योगदान गरे ।

त्यस्तै कप्तान पारस खड्काले २५ रनको योगदान गरे । उनले २५ बलमा ४ चौका सहित २५ रनको योगदान गरे । रोहित कुमार पौडेल र दिपेन्द्र ऐरीले समान ४–४ रन बनाएर आउट भए ।

यस्तै ओपनरमा गएका प्रतिप ऐरी पहिलो बलमा आउट हुदा उप–कप्तान ज्ञानेन्द्र मल्लले मात्र ७ रन जोडे । उनले १० बलमा ७ रन जोडेका हुन् ।

सोमपालले २७ रनको योगदान गरे । उनले १९ बलामा १ चौका १ छक्का सहित २७ रन बनाएका हुन् । नेपालका लागि सन्दिप लामिछानेले २ विकेट लिए । सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिएका हुन् । त्यस्तै बसन्त रेग्मीले पनि २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिएका हुन् ।

त्यस्तै नेपालका लागि सोमपाल कामी र अविनास बोहराले समान १–१ विकेट लिए । नेपाली राष्ट्रिय टोलीमा पहिलो पटक डेब्यू गरेका अविनासको यो पहिलो विकेट हो । उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए ।

उता युएईको तर्फबाट साहिमान अनुवारले अर्धसतककिय पारि खेले । उनले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको योगदान गरे । यस्तै मोहमद उसमानले ३० तथा मोहमद बोटाले २० रन जोडे । बलिङ तर्फ मोहमेद नबिद, जोरा खान र सुल्टान अहेमेद ले समान ३–३ विकेट लिए ।

२०७५ माघ १७, बिहीबार मा प्रकाशित

Leave a Comment