एपीएफ ढोरपाटन महिला भलिबलको शिर्ष स्थानमा

काठमाडौं-ढोरपाटन महिला भलिबल लिग अन्तरगत आज भएको खेलमा विभागिय टोली एपीएफ र पुलिस तथा चितवन टाइगर्स र पश्चिमाञ्चल बिजय भएका छन् ।

आज भएको पहिलो खेलमा चितवनले सेव लाई २५–१५, २७–२५ र ३१–२९ तीन सेटको सोझो जित निकालेको हो । त्यस्तै आज भएको दोस्रो खेलमा पुलिले पश्चिमाञ्चल माथि तीन सेटको सोझो जित निकालेको छ ।

पहिलो सेटमा २५–१८ जित निकालेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकालेको थियो । अन्तिम सेटमा पुलिसले २५–८ को जित निकाल्न सफल भयो ।

जितसंगै पुलिस ११ खेल खेल्दै ३० अंक सहित तालिका को दोस्रो स्थानमा छ । पहिलो स्थानको एपीएफले भने ११ खेल खेल्दै ३३ अंक जोड्न सफल भएको छ ।

त्यस्तै आजनै भएका अन्य दुई खेलमा चितवन टाइगर्स र एपीएफ विजयी भएका छन् । चितवनले श्रीगाँउलाई १९–२५, २६–२८, २५–५, २५–१७ र १५–९ को सेटमा हराउदै जित दर्ता गरेको हो ।

त्यस्तै एपीएफले सेवलाई २५–१२, २५–१५ र २५–२० को सेटमा हराउन सफल भएको थियो ।

अंक  तालिका

१. एपीएफ (३३) ११ खेल
२. पुलिस (३०) ११ खेल
३. आर्मी (२४) १० खेल
४. पश्चिमाञ्चल (१९) ११ खेल
५. चितवन टाइगर्स (१३) १४ खेल
६. सेव (११) १२ खेल
७..श्रीगाँउ (११) ११ खेल

शुक्रबार हुने खेल

सेव र दाङ
पुलिस र आर्मी
एपीएफ र पश्चिमाञ्चल
आर्मी र दाङ

२०७५ माघ १७, बिहीबार मा प्रकाशित